इलामको सुर्योदय नगरपालिकामा विपद व्यवस्थापन तालिम

इलामको सुर्योदय नगरपालिकामा विपद व्यवस्थापन तालिम

बिहिवार, बैशाख १० २०८३
बिहिवार, बैशाख १० २०८३
  • इलामको सुर्योदय नगरपालिकामा विपद व्यवस्थापन तालिम

    इलाम । इलामको सुर्योदय नगरपालिकामा एक दिने विपद व्यवस्थापन तालिम सञ्चालन गरिएको छ ।   बिहिवार आयोजित   तालिममा नगरपालिकाका स्थानिय विपद व्यवस्थापन समितीका ३१ जना पदाधिकारीको सहभागीता रहेको थियो। 

    काठमाण्डौंस्थित गैर सरकारी संस्था ग्रुप फर टेक्निकल एसिस्टेन्सको समन्वय तथा  मेरियड युएसएको आर्थिक सहयोगमा सो कार्यक्रमको आयोजना गरिएको हो । नगरपालिकाको सभा हलमा आयोजित तालिम नगर प्रमुख दुर्गा कुमार बरालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सुर्योदय नगरपालिका अन्तरगतका स्थानिय विपद व्यवस्थापन समितीका पदाधिकारीको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधनगर्दै नगर प्रमुख बरालले विपद व्यवस्थापनको वारेमा सचेतना जगाउनुका साथै  विपदबाट हुने क्षति न्युनिकरण गरि विपदपछि प्रभावकारी  उद्वार र राहतका योजना सञ्चालन गर्न सकियोस भन्ने उदेश्यले तालिमको आयोजना गरिएको बताए ।  

    680130978_1351811100099434_7344180612511341631_n.jpg

    कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी चन्द्रगढी उपशाखाका केदार महतले गरेका थिए । कार्यक्रम वारे जानकारी दिद‌ै ग्रुप फर टेक्निकल एसिस्टेन्सका सचिव भोला नाथ चौधरीले यस्ता तालिमले बिपतबाट हुने क्षति न्युनिकरण हुनका साथै राहत र उद्वारका काम प्रभावकारी बनाउने बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij