नवलपरासीमा आगलागी, १२ घर जले

नवलपरासीमा आगलागी, १२ घर जले

बुधवार, बैशाख ९ २०८३
बुधवार, बैशाख ९ २०८३
  • नवलपरासीमा आगलागी, १२ घर जले

    बर्दघाट सुस्ता पश्चिम । पश्चिम नवलपरासीको प्रतापपुर-५ भैरमपुरका १२ घर जलेका छन् । त्यसबाट चार करोड बढीको क्षति भएको छ । आगलागी मंगलवार दिउँसो भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार सबै घर खरानी भएका छन् । घरमा रहेका जिन्सी र नगदसहित  चार करोड ४४ लाख ८० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।

    यसैबीच, प्रतापपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले अग्निपीडितलाई राहत सामग्री वितरण गरेका छन् । प्रतिनिधिसभा सदस्य विक्रम खनालले पनि पीडितहरूलाई राहत सामग्री उपलब्ध गराउन आफू क्रियाशील रहेको बताएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij