श्रम कानुन उल्लंघन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का

श्रम कानुन उल्लंघन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का

शुक्रवार, चैत्र २० २०८२
शुक्रवार, चैत्र २० २०८२
  • श्रम कानुन उल्लंघन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का

    बागमती । श्रम तथा रोजगार कार्यालयले श्रम कानुनको उल्लंघन गरेका दुई उद्योग- प्रतिष्ठानको खाता रोक्का गरेको छ । 

    उक्त कार्यालयले १७५ प्रतिष्ठानको अनुगमनका क्रममा ती  उद्योग– प्रतिष्ठानको खाता रोक्का गरेको हो । कार्यालयका प्रमुख रुद्रनारायण साहका अनुसार विभिन्न होटल तथा उद्योग प्रतिष्ठानमा कार्यरत २० जना बालबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ । 

    चालु आर्थिक वर्षको प्रथम आठ महिनामा नाबालिकलाई श्रमिकको रूपमा काममा लगाउने प्रतिष्ठान तथा रोजगारदातालाई रु दुई लाख २५ हजार जरिवाना र रु २२ हजार क्षतिपूर्ति तिराइएको हो ।

    अधिकांश साना उद्योग प्रतिष्ठानले नियुक्ति पत्र, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, व्यवसायजन्य सुरक्षाको व्यवस्था नगरेका पाइएको प्रमुख साहले बताए। 

    कार्यालयले आठ महिनामा व्यक्तिगत र सामूहिक ४५ श्रमसम्बन्धी उजुरीमध्ये २९ वटा उजुरी फर्छ्योट गरेको जनाएको छ । यसमा होटल, साना उद्योगलगायत २६८ प्रतिष्ठान सूचीकृत छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij