एक नेपाली युवा इरानी सुरक्षा फौजको नियन्त्रणमा

एक नेपाली युवा इरानी सुरक्षा फौजको नियन्त्रणमा

शुक्रवार, चैत्र ६ २०८२
शुक्रवार, चैत्र ६ २०८२
  • एक नेपाली युवा इरानी सुरक्षा फौजको नियन्त्रणमा

    काठमाडौं । खडी क्षेत्रकाे द्वन्द्वका क्रममा एक नेपाली युवा इरानी सुरक्षा फौजको नियन्त्रणमा परेका छन्। इरान र इजरायलबीच युद्वका क्रममा खाडी क्षेत्रको रणनीतिक जलमार्ग 'होर्मुज' बाट धनुषाका अमृत झा पक्राउ परेका हुन् ।

    इरानी सेनाले एउटा व्यापारिक जहाजलाई नियन्त्रणमा लिने क्रममा साेहि जहाजमा कार्यरत झा इरानी सुरक्षा फौजको नियन्त्रणमा परेका हुन्। परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पश्चिम एसिया महाशाखा प्रमुख रामकाजी खड्काले सो घटनाको पुष्टि गरे ।

    खड्काका अनुसार, उक्त जहाजमा कार्यरत प्राविधिक कर्मचारी झासहित सबै 'क्रू मेम्बर' लाई इरानी पक्षले नियन्त्रणमा लिएको छ । इरानी रिभोलुसनरी गार्ड्सले इजरायलसँग सम्बन्ध रहेको दाबी गर्दै साे जहाजलाई होर्मुज जलमार्गबाट आफ्नो नियन्त्रणमा लिएको थियो।

    झाका परिवारले उनी सम्पर्कविहीन भएपछि परराष्ट्र मन्त्रालयमा खोजीका लागि निवेदन दिएका थिए। मन्त्रालयले तेहरानस्थित नेपाली दूतावासमार्फत उनको अवस्था बुझ्ने र रिहाइको पहल भइरहेको मन्त्रालयले जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij