एसईईमा चिट चोराएको आरोपमा शिक्षक र नक्कली गार्ड पक्राउ

एसईईमा चिट चोराएको आरोपमा शिक्षक र नक्कली गार्ड पक्राउ

शुक्रवार, चैत्र १६ २०८०
शुक्रवार, चैत्र १६ २०८०
  • एसईईमा चिट चोराएको आरोपमा शिक्षक र नक्कली गार्ड पक्राउ

    काठमाडौं । एसईई परीक्षामा चिट चोराएको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा बाराको देवताल गाउँपालिका–६ घर भइ कलैया उपमहानगरपालिका–२ स्थित अमर मावि दोहरीमा कार्यरत शिक्षक सुरेन्द्र यादव र बाराको आदर्शकोतवाल गाउँपालिका–३ घर भइ बारागढी गाउँपालिका–१ मा रहेको जनता मावि बुधगाईका नक्कली गार्डको रुपमा खटिएका विनोदप्रसाद यादव छन् ।

    विनोदले नक्कली गार्ड बनेर चिट चोराएको प्रहरीको आरोप छ । पक्राउ परेका शिक्षकले भने मोबाइलमार्फत चिट चोराउन भूमिका खेलेको आरोप छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij