घरमाथि रुख ढलेर च्याप्दा एकको मृत्यु, अर्का घाइते

घरमाथि रुख ढलेर च्याप्दा एकको मृत्यु, अर्का घाइते

बिहिवार, फाल्गुण १४ २०८२
बिहिवार, फाल्गुण १४ २०८२
  • घरमाथि रुख ढलेर च्याप्दा एकको मृत्यु, अर्का घाइते
    महेन्द्रनगर । कञ्चनपुरमा घर ढलेर च्याप्दा एकको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । जिल्लाको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख घरमाथि ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको हो ।
     
    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीले घरमा रुख ढलेर वेदकोट नगरपालिका–३ पेलितालका ५० वर्षीया शारदादेवी महताको मृत्यु भएको हो । सोही घरमा रहेकी ४० वर्षीया सीता महता घाइते भएकी छिन् । उनको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij