विद्युत् चुहावट हुँदा बुढानीलकण्ठमा आगलागी

विद्युत् चुहावट हुँदा बुढानीलकण्ठमा आगलागी

बुधवार, माघ २१ २०८२
बुधवार, माघ २१ २०८२
  • विद्युत् चुहावट हुँदा बुढानीलकण्ठमा आगलागी
    काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा लागेको आगलागीबाट भएको क्षतिको विवरण सङ्कलनकार्य सुरु गरिएको ।
     
    गएराति करिब ११ बजे विद्युत् सर्ट हुँदा चुनीखेल बस्तीमा रहेका दुईवटा जस्ताको टहरामा आगलागी भएको र तीन घण्टापछि आज बिहान उक्त आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले राससलाई जानकारी दिए ।
     
    उनले भने, “विद्युत् सर्ट हुँदा आगलागी भएको बुझिएको छ, राति हामीले मानवीयलगायतको उद्धार गरेका थियौँ, अहिले बिहानबाट क्षतिको विवरण सङ्कलनकार्य सुरु भएको छ ।”
     
    यसैगरी आगलागी भएको ठाउँबाट सात जनाको उद्दार गरिएको र मानवीय क्षति नभएको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij