शरीर बन्धक बनाएको अभियोगमा दुई जना पक्राउ

शरीर बन्धक बनाएको अभियोगमा दुई जना पक्राउ

बुधवार, माघ २१ २०८२
बुधवार, माघ २१ २०८२
  • शरीर बन्धक बनाएको अभियोगमा दुई जना पक्राउ

    सिरहा । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर एक युवकलाई भारतमा पुर्याई शरीर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

     जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार कल्याणपुर नगरपालिका–७ का २६ वर्षीय सुरज मुखिया र लहान नगरपालिका–११ का २२ वर्षीय प्रशान्त चौधरीलाई पक्राउ गरिएको हो । 

    अभियुक्तद्वयले कल्याणपुर गनरपालिका–७ का रिशकेशकुमार मरिकलाई भारतको गयामा आकर्षक काम लगाइदिने भन्दै प्रलोभनमा पारिएको थियो । गत पुस २० गते त्यहाँ पुर्याएपछि मोबाइल र सर्टिफिकेटसमेत खोसी उनलाई एक होस्टलमा बन्धक बनाएको पीडितले बताएका थिए ।  पीडितलाई बन्धक बनाएर कुटपिट गर्ने र ज्यान मार्ने धम्की दिँदै परिवारबाट फिरौती रकम असुल गरेको प्रहरीले जनाएको छ । 

    अभियुक्तहरूले पीडितको परिवारबाट रु दुई लाख १७ हजार २०० र मरिकको साथबाट ३० हजार भारु असुल गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij