पूजाको अर्धशतकमा जिम्बाबेमाथि नेपालको ६ विकेटको जित

पूजाको अर्धशतकमा जिम्बाबेमाथि नेपालको ६ विकेटको जित

शनिवार, माघ १० २०८२
शनिवार, माघ १० २०८२
  • पूजाको अर्धशतकमा जिम्बाबेमाथि नेपालको ६ विकेटको जित

    काठमाडौं । पूजा महतोले उत्कृष्ट अविजित अर्धशतक प्रहार गरेपछि नेपालले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो सफलता हात पारेको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा भएको तेस्रो खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गरेको हो।

    जिम्बाबेले दिएको १३० रनको लक्ष्य नेपालले ३ बल बाँकी रहँदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। पूजा महतोले ५० बल खेल्दै ४ चौका र २ छक्कासहित अविजित ५२ रन बनाइन् भने कप्तान इन्दु बर्माले २२ रनको योगदान दिइन्।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन जोडेको थियो। जिम्बाबेका तर्फबाट केलिस धलोभुले अविजित ५२ रन बनाइन्। बिलभ्ड बिजाले ३४ तथा मोडेस्टर मुपाचिवाले १४ रन जोडिन्।

    नेपालका बलरमध्ये रिया शर्माले २ विकेट लिइन् भने कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले समान १–१ विकेट हात पारे।

    नेपालले अब अन्तिम खेलमा सोमबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ, जहाँ जित नेपालका लागि अनिवार्य हुनेछ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij