रौतहटमा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

रौतहटमा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

शुक्रवार, माघ ९ २०८२
शुक्रवार, माघ ९ २०८२
  • रौतहटमा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु
    चन्द्रपुर (रौतहट) । जिल्लाको जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । 
     
    आज बिहान गौर(पिपरा भित्री सडकखण्डमा गङ्गापिपराबाट गौरतर्फ आउँदै गरेको प्र २–०३–०१८ प ३३४६ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बिआर ३०एएफ २३७० भारतीय नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए ।
     
    मृत्यु हुनेमा प्र २–०३–०१८ प ३३४६ नंको मोटरसाइकल चालक रौतहटकै दुर्गाभगवती गाउँपालिका–२ पिपरा बजारका ३० वर्षीय अशोक महतो र बिआर ३० एएफ २३७० भारतीय नम्बरको मोटरसाइकल चालक रौतहटकै राजदेवी नगरपालिका–२ हजमिनियाका र २९ वर्षीय अरबिन्द महतो रहेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij