बैतडी दुर्घटना अपडेटः मृतक र घाइतेको पहिचान खुल्यो

बैतडी दुर्घटना अपडेटः मृतक र घाइतेको पहिचान खुल्यो

बिहिवार, माघ ८ २०८२
बिहिवार, माघ ८ २०८२
  • बैतडी दुर्घटना अपडेटः मृतक र घाइतेको पहिचान खुल्यो
    दशरथचन्द (बैतडी) । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । धनगढीबाट दार्चुलातर्फ आउँदै गरेको म १ त १०१३ नम्बरको ट्याक्टर आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ अनारखोलीमा दुर्घटनामा परेको हो ।
     
    दुर्घटनामा परेर जिल्लाको महाकाली नगरपालिका–५ गल्फैका अन्दाजी २१ वर्षीय चालक करन बुढामगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। 
     
    ट्याक्टरमा सवार अन्य तीन जना घाइते भएका छन् । कैलालीको टिकापुर नगरपालिका–७ का अन्दाजी ४० वर्षीय सुरज घर्तिमगर र उहाँका छोरा अन्दाजी १८ वर्षीय सिद्धार्थ घर्तिमगर र टिकापुर–६ का अमित विक घाइते भएका उनले बताए। घाइते तीनै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । 
     
    ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खसेको हुँदा सो घटना भएको हुनसक्ने भन्दै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij