पुरस्कार नपाएकोमा नेपाली राष्ट्रिय कप्तान पौडेलको गुनासो

पुरस्कार नपाएकोमा नेपाली राष्ट्रिय कप्तान पौडेलको गुनासो

आइतवार, माघ ४ २०८२
आइतवार, माघ ४ २०८२
  • पुरस्कार नपाएकोमा नेपाली राष्ट्रिय कप्तान पौडेलको गुनासो


    काठमाडौँ । सरकारले घोषणा गरेको पुरस्कार चार महिना बित्दा पनि नदिएको गुनासो नेपाली राष्ट्रिय कप्तान रोहित पौडेलले गरेका छन् ।  ट्वान्टी २० विश्वकपमा पुगे पनि घोषित पुरस्कार नपाएकोमा नेपाली राष्ट्रिय कप्तान  पौडेलले गुनासो पोखेका हन् ।

    अक्टोबरमा ओमानमा भएको ट्वान्टी२० विश्वकप छनोट जित्दै नेपालले तेस्रो पटक विश्वकपमा पुगेको थियो । नेपाल सरकारको कार्यविधिअनुसार विश्वकप छनोट जित्ने नेपाली टोलीका खेलाडीले जनही १९ लाख ५० पाउने छ । तर सरकारको कार्यविधिमै उल्लेख भएको पुरस्कार रकम नपाउँदा खेलाडीलाई अप्ठ्यारो परेको रोहित बताए । 

    चार महिना भइसक्दा पनि घोषित पुरस्कार नपाएको पौडेलको गुुनासो छ। विश्वकप अगाडि घोषित पुरस्कार आयो भने खेलाडीको मनोबल बढ्ने उनको भनाई छ । सन् २०२३ मा नेपालमै भएको विश्वकप छनोटमा उपविजेता भएर विश्वकप पुगेको नेपाली टोलीका हरेक खेलाडीलाई सरकारले जनही १३ लाख रुपैयाँ प्रदान गरेको थियो । यसपटक ओमानमा नेपाली टोलीले विश्वकप छनोटको उपाधि नै जितेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij