भक्तपुरमा आफ्नै छोराले गरे आमाको हत्या

भक्तपुरमा आफ्नै छोराले गरे आमाको हत्या

शनिवार, माघ ३ २०८२
शनिवार, माघ ३ २०८२
  • भक्तपुरमा आफ्नै छोराले गरे आमाको हत्या

    भक्तपुर । भक्तपुरमा छोराले आफ्नै आमाको हत्या गरेका छन् । मध्यपुर थिमि नगरपालिका–३ तेर्सेटार बस्ने २७ वर्षीय प्रविण भण्डारीले शुक्रबार राति आमा ५० वर्षीया सरिताको हत्या गरेका हुन् । 

    जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार, धनुषाको मिथिला नगरपालिका–११ घर भई तेर्सेटारमा डेरामा बस्दै आएका प्रविणले आमालाई धारिलो हतियार प्रहार गरेका थिए । छोराको आक्रमणबाट गम्भी घाइते भएकी सरिताको उपचारका क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा रातीनै मृत्यु भएको प्रहरीले जनाएको छ । 

    आमाको हत्या गरेका भण्डारीले सोहि धारिलो हतियारले आफ्नै टाउकोमा हानेका थिए । घाइते रहेका प्रविणको उपचार भइरहेको प्रहरीले जनाएको छ । घट्नाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij