भारतीय सहयोगमा विद्यालय भवन निर्माण

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

शुक्रवार, माघ २ २०८२
शुक्रवार, माघ २ २०८२
  • भारतीय सहयोगमा विद्यालय भवन निर्माण
    गाईघाट (उदयपुर) । भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ ।
     
    तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिए ।
     
    नवनिर्मित भवनमा कम्प्युटर र विज्ञान प्रयोगशालाका साथै कार्यशाला आयोजना गर्ने प्रेक्षालय पनि निर्माण गरिएको छ । भवनको हालै आयोजित एक कार्यक्रममा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले उद्घाटन गरे । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij