बुढासुब्बा गोल्डकप फुटबल माघ २२ गतेदेखि, दस टिम सहभागि हुने

बुढासुब्बा गोल्डकप फुटबल माघ २२ गतेदेखि, दस टिम सहभागि हुने

शुक्रवार, माघ २ २०८२
शुक्रवार, माघ २ २०८२
  • बुढासुब्बा गोल्डकप फुटबल माघ २२ गतेदेखि, दस टिम सहभागि हुने

    सुनसरी । अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण माघ २२ गतेदेखि हुने भएको छ।

    धरान फुटबल क्लबले २०५५ सालदेखि नियमित आयोजना गर्दै आएको प्रतियोगिता माघ २२ गतेदेखि फागुन २ गतेसम्म धरान रङ्गशालामा सञ्चालन हुन लागेको हो ।  

    बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले सो जानकारी दिएका हुन । गतवर्ष आठ टोलीको सहभागिता रहेको प्रतियोगितामा यसवर्ष १० वटा टोलीको सहभागिता रहने क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए। 

    प्रतियोगिताको विजेताले नगद १० लाख ट्राफि प्राप्त गर्ने छन् भने उपविजेताले नगद पाँच लाख पुरस्कार प्राप्त गर्ने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई होण्डा स्कुटर प्रदान गरिने अध्यक्ष तामाङले बताए। 

    प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५/२५ हजारका दरले प्रदान गरिने क्लबका महासचिव नवीन राईले बताए। प्रतियोगितामा सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार प्रदान गरिने राईको भनाइ छ। 

    प्रतियोगितामा एनआरटी क्लब काठमाडौँ, चर्च ब्वाइज क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, रोयल थिम्फु क्लब भुटान, जर्जियन क्लबका लेम्पुङ भारत, एलए क्लब पोखरा, सातदोबाटो युथ क्लब ललितपुर, प्लानिङ ब्वाइज युनाटेड क्लब काठमाडौँ, झापा–११ झापा र धरान फुटबल क्लब सहभागी हुने छन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij