ग्याँस सिलिन्डर विस्फोट हुँदा एकै गाउँका नौ नेपालीको मृत्युु

ग्याँस सिलिन्डर विस्फोट हुँदा एकै गाउँका नौ नेपालीको मृत्युु

मंगलवार, पौष २९ २०८२
मंगलवार, पौष २९ २०८२
  • ग्याँस सिलिन्डर विस्फोट हुँदा एकै गाउँका नौ नेपालीको मृत्युु

    काठमाडौं । भारतको हिमालचल प्रदेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौ नेपालीको ज्यान गएको छ । मृत्युु हुनेहरू सबै सल्यानका नौस्थित एकै गाउँका रहेका छन् । 

    हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की बजारमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानस्थित सिद्धकुमाख गाउँपालिका(२ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको गाउँ पालिकाले पुष्टि गरेको छ । सिद्धकुमाख गाउँपालिका(२ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीका अनुसार पुस २७ गते राति टाकुराका २ परिवारका ९ जना सदस्यको ग्यासको सिलिन्डर विस्फोटपछि भएको आगलागीमा परी निधन भएको हो।  

    मृतकमा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरी १६ वर्षीया राधा विक, अर्की छोरी १० वर्षीया रेणुका विक र छोरा २२ महिनाका राजन विक छन्। त्यसैगरी अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी श्रीमती ३२ वर्षीया टीका विक, छोरी ११ वर्षीया अनु विक र छोरा ७ वर्षीय किरण विकको मृत्यु भएको वडाध्यक्ष बुढाथोकीले बताए।  

    उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर  विस्फोट  भएर घट्ना भएको जानकारी पाएको वडाध्यक्ष बुढाथोकीको भनाई छ । उनका अनुसार विस्फोटपछि आगलागी भएर वरपरका घरसमेत जलेका छन्। 

    मृतकमध्ये केहीको शव जलेर नचिनिने अवस्था रहेको उनले बताए। धनबहादुर र काशीराम विकको परिवार २ वर्षदेखि रोजगारीका लागि भारतको हिमाचलमा थिए। उनीहरूका परिवार अर्की बजारमा ज्याला मजदुरी गर्थे। एकै गाउँका ९ जनाको एकैपटक मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ यतिबेला शोकमा डुबेको छ ।

    wada.jfif

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij