दार्चुलाका आठ स्थानीय तहका आफ्नै प्रशासकीय भवन

दार्चुलाका आठ स्थानीय तहका आफ्नै प्रशासकीय भवन

शुक्रवार, पौष २५ २०८२
शुक्रवार, पौष २५ २०८२
  • दार्चुलाका आठ स्थानीय तहका आफ्नै प्रशासकीय भवन
    दार्चुला । जिल्लाका आठ स्थानीय तहले आफ्नै प्रशासकीय भवन निर्माण गरेका छन् । सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिकाबाहेक अन्य सबै स्थानीय तहले आफ्नै प्रशासकीय भवन निर्माण गरेका हुन् । 
     
    आफ्नै प्रशासकीय भवन निर्माण गर्ने स्थानीय तहमा अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका, व्यास गाउँपालिका, दुहुँ गाउँपालिका, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिका रहेका छन् । मालिकार्जुन गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
     
    मालिकार्जुनका अध्यक्ष हिरासिंह धाँमीका अनुसार भवन निर्माणको सबै काम सम्पन्न भइसकेको छ । एक महिनाभित्र नयाँ प्रशासकीय भवनबाट कार्यालय सञ्चालन गर्नेगरी तयारी भइरहेको छ । “यसअघि २०७४ देखि २०७९ सम्म भाडाका भवनमा पालिका सञ्चालन हुँदै आएको थियो”, अध्यक्ष धाँमीले भने, “हामी निर्वाचित भइसकेपछि सरकारी भवन प्रयोग गर्‍यौँ ।” 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij