कैदी आममाफीका लागि कतार सरकारप्रति नेपालद्वारा कृतज्ञता

कैदी आममाफीका लागि कतार सरकारप्रति नेपालद्वारा कृतज्ञता

शुक्रवार, पौष १८ २०८२
शुक्रवार, पौष १८ २०८२
  • कैदी आममाफीका लागि कतार सरकारप्रति नेपालद्वारा कृतज्ञता
    काठमाडौँ । कतार सरकारले त्यहाँ कैद १३ नेपाली नागरिकलाई आममाफी दिएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय दिवस र अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा कतार सरकारले १३ नेपाली कैदीलाई आममाफी दिएकाप्रति कतार सरकारप्रति आभार प्रकट गरेको छ । 
     
    मन्त्रालयले मानवीय आधारमा प्रदान गरिएको यो आममाफीलाई नेपाल–कतारबीच विद्यमान द्विपक्षीय सम्बन्ध, मित्रता र सौहार्दताको गहिरो अभिव्यक्तिका रूपमा लिइएको विज्ञप्तिमा उल्लेख छ ।  यस किसिमको उदार कदमले दुवै देशबीचको आपसी समझदारी र सहयोगलाई अझ सुदृढ बनाउने अपेक्षा मन्त्रालयको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij