टी–२० विश्वकपका लागि भारतीय टोली घोषणा, यस्ताे छ टाेली

टी–२० विश्वकपका लागि भारतीय टोली घोषणा, यस्ताे छ टाेली

शनिवार, पौष ५ २०८२
शनिवार, पौष ५ २०८२
  • टी–२० विश्वकपका लागि भारतीय टोली घोषणा, यस्ताे छ टाेली

    काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ का लागि भारतीय टोली घोषणा भएको छ । मुम्बईमा रहेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को मुख्यालयमा बीसीसीआईका सचिव देवजित सैकियाले प्रमुख चयनकर्ता अजित आगरकर र कप्तान सूर्यकुमार यादवको उपस्थितिमा १५ सदस्यीय टोली घोषणा गरेका हुन् ।

    टोलीको उपकप्तानमा अक्षर पटेल रहेका छन् । ईशान किशन र रिंकु सिंह टोलीमा परेका छन् भने शुभमन गिल र जितेश शर्मा बाहिरिएका छन् ।

    १०औं संस्करणको टी–२० विश्वकप आउँदो फेब्रुअरी ७ देखि शुरू हुँदैछ । २० वटा टोली सहभागी हुने प्रतियोगिताको फाइनल खेल मार्च ८ मा हुनेछ । भारत टी–२० विश्वकपको साविक विजेता हो ।

    यस्ताे छ टाेली

    सूर्यकुमार यादव (कप्‍तान), अभिषेक शर्मा, सन्जू सामसन (विकेटकीपर), तिलक वर्मा, हार्दिक पान्ड्या, शिवम दुबे, अक्षर पटेल (उपकप्‍तान), रिन्कु सिंह, जसप्रीत बुमराह, हर्षित राणा, अर्शदीप सिंह, कुलदीप यादव, वरुण चक्रवर्ती, वाशिङ्गटन सुन्दर, ईशान किशन (विकेटकीपर)

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij