आज देशभरको मौसम सामान्यतया सफा रहने

आज देशभरको मौसम सामान्यतया सफा रहने

शुक्रवार, पौष ४ २०८२
शुक्रवार, पौष ४ २०८२
  • आज देशभरको मौसम सामान्यतया सफा रहने
    काठमाडौँ । आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका बाँकी हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने विभागले जनाएको हो ।
     
    विभागका अनुसार आज राति सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायूको आंशिक प्रभाव रही अन्य भू–भागमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागद्वारा जारी मौसम बुलेटिनमा जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij