अस्ट्रेलियाको बोन्डी बीचमा गोलीकाण्ड, १२ जनाको मृत्यु, ११ घाइते

अस्ट्रेलियाको बोन्डी बीचमा गोलीकाण्ड, १२ जनाको मृत्यु, ११ घाइते

आइतवार, मंसिर २८ २०८२
आइतवार, मंसिर २८ २०८२
  • अस्ट्रेलियाको बोन्डी बीचमा गोलीकाण्ड, १२ जनाको मृत्यु, ११ घाइते

    काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा रहेको बोन्डी बीचमा आइतबार साँझ गोली चल्दा १२ जनाको मृत्युु भएको छ । प्रहरीका अनुसार, अन्य ११ जना घाइते भएका छन् जसमा दुईजना प्रहरी अधिकारीहरू पनि छन् ।

    साँझ लाग्नेबित्तिकै धेरैपटक गोली चलेको खबर पाएपछि प्रहरीले जवाफी कारबाही गरेको थियो ।

    साँझ ८ बजेभन्दा केही समयअघि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको र सक्रिय बन्दुकधारीहरूलाई निष्क्रिय पारिएको बताएको थियो ।

    धेरैपटक गोली चलेको खबर आएपछि साँझ करिब पौने ७ बजे बीचको पछाडिपट्टि रहेको मुख्य सडक क्याम्पबेल परेडमा आपतकालीन सेवाहरू बोलाइएको थियो ।

    अनलाइनमा सेयर गरिएको घटनास्थलको भिडियोमा मानिसहरू बीचबाट भागिरहेको र भुइँमा लडिरहेका मानिसहरूको उपचार भइरहेको दुःखद दृश्य देखिएको थियो ।

    गोली चल्ने समयमा बीचमा यहूदीहरूको पर्व हनुक्का मनाउने कार्यक्रम भइरहेको थियो ।

    अस्ट्रेलियमा रहेका यहुदीहरूको संगठन अस्ट्रेलियन ज्युरीको कार्यकारी परिषद्का प्रमुख कार्यकारी एलेक्स रिभचिनले घटनामा संगठनका मिडिया निर्देशक घाइते भएको बताएका छन् ।

    प्रधानमन्त्री एन्थोनी एल्बनिजीले हत्याका दृश्यहरू स्तब्ध पार्ने र पीडादायी भएको बताएका छन् ।

    न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डीबाट आएका रिपोर्ट र तस्बिरहरू अत्यन्तै पीडादायी भएको बताए ।

    विपक्षी दलकी नेता सुसन लेले अस्ट्रेलियालीहरू गहिरो शोकमा रहेको बताउँदै सबैले राम्ररी जानेको र माया गर्ने प्रतिष्ठित अस्ट्रेलियाली समुदायको मुटुमै यो घृणित हिंसा भएको बताइन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij