सन्दीप लामिछाने बीपीएलमा राजशाही वारियर्ससँग अनुबन्धित

सन्दीप लामिछाने बीपीएलमा राजशाही वारियर्ससँग अनुबन्धित

आइतवार, मंसिर २८ २०८२
आइतवार, मंसिर २८ २०८२
  • सन्दीप लामिछाने बीपीएलमा राजशाही वारियर्ससँग अनुबन्धित

    काठमाडौं । नेपालका स्टार लेग–स्पिनर सन्दीप लामिछाने सन् २०२६ को सिजनका लागि बंगलादेश प्रिमियर लिग (बीपीएल) टोली राजशाही वारियर्ससँग अनुबन्धित भएका छन्।

    राजशाही वारियर्सले आइतबार सामाजिक सञ्जालमार्फत नयाँ सिजनका लागि लामिछानेलाई अनुबन्ध गरेको पुष्टि गरेको हो। लामिछानेले ६८ टी२० अन्तर्राष्ट्रियमा १२९ विकेट लिइसकेका छन्। 

    इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, बिग ब्याश लिग र क्यानाडाको ग्लोबल टी२० खेलिसकेका उनको बीपीएलमा पहिलो सहभागिता हुनेछ। 

    सिजनको बिपिएल पुस ११ देखि हुँदैछ। ६ टोलीबीच हुने लिगको उदघाटन खेलमा सन्दीप आबद्ध राजशाहीले सिलेट टाइटन्ससँग खेल्दैछन्।

    सन्दीपले भारतको आइपिएलसहित अस्ट्रेलियाको बिबिएल, पाकिस्तानको पिएसएल, वेस्ट इन्डिजको सिपिएल, अफगानिस्तानको एपिएलसहित क्यानडाको ग्लोबल टी(२० खेलिसकेका छन्। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij