एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक

एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक

शुक्रवार, मंसिर २६ २०८२
शुक्रवार, मंसिर २६ २०८२
  • एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
    काठमाडौँ । नेपालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपानेले युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईमा भइरहेको एसियन युथ पारा गेम्समा रजत पदक प्राप्त गरेका छन् । उनले टेबलटेनिस यु–२३ पुरुष एकल ९क्लास ७० तर्फ उक्त पदक प्राप्त गरेका हुन् । 
     
    बिहीबार भएको फाइनल खेलमा न्यौपाने चाइनिज ताइपेइका खेलाडी रेन तिङ ह्वाङसँग ३–२ सेटमा पराजित भए । फाइनलमा न्यौपानेले चाइनिज ताइपेइका खेलाडीसँग पहिलो सेट १३–११ अङ्कले र तेस्रो सेट १२–१० ले जिते पनि दोस्रो सेटमा ११–६, चौथो सेट ११–५ र अन्तिम सेटमा १२–१० अङ्कले हार बेहोरेका थिए । 
     
    न्यौपानले सेमिफाइनलमा फिलिपिन्सका बार्गे काबनेरोेलाई ३–१ सेटमा पराजित गरेका थिए । उनले उक्त खेल ११–९, ११–८, ५–११ र ११–९ अङ्कले जितेका थिए । न्यौपानेले लिग चरणमा भने काजकिस्तान, कीर्गिस्तान र इराकका खेलाडीलाई पराजित गरी सेमिफाइनलमा स्थान बनाएका थिए । टेबलटेनिसमा महिलातर्फ निर्मला भण्डारीले सहभागिता जनाएकी युएइमा रहेका राष्ट्रिय पारा टेबलटेनिस सङ्घका अध्यक्ष गणेश केसीले जानकारी दिए । 
     
    एसियन पारा युथ गेम्समा नेपालले टेबलटेनिससहित एथलेटिक्स, तेक्वान्दो र भारत्तोलनमा सहभागिता जनाएको छ । प्रतियोगिता यही मङ्सिर २८ गतेसम्म चल्नेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij