नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन सरकार प्रत्यन्तशील छ: मुख्यमन्त्री बानियाँ

नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन सरकार प्रत्यन्तशील छ: मुख्यमन्त्री बानियाँ

सोमवार, मंसिर १५ २०८२
सोमवार, मंसिर १५ २०८२
  • नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन सरकार प्रत्यन्तशील छ: मुख्यमन्त्री बानियाँ

    बागमती ।  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन् । 

    बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयद्वारा आज यहाँ हेटौँडामा आयोजित ‘एक स्वस्थ्य सहर, एक स्थानीय तहमा एक नमूना स्वास्थ्य संस्था’ का लागि प्रदेश स्वास्थ्य सहजकर्तालगायतको पैरवी, समन्वय र अन्तरक्रिया कार्यक्रममा उहाँले नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर काम भइरहेको बताएका हुन् । 

    मुख्यमन्त्री बानियाँले नागरिक स्वस्थ्य भए मात्र समाज र  राष्ट्र स्वस्थ्य हुने भन्दै स्वास्थ्य सेवालाई प्रभावकारी बढाउन प्रदेश सरकारले स्वास्थ्य नीति बनाएर काम गरिरहेको बताए । प्रदेश सरकारले यहाँ ‘एक जिल्ला एक स्वस्थ्य सहर’ कार्यक्रम सञ्चालन गर्न लागेको छ । प्रदेश सरकारले स्वास्थ्य सेवा क्षेत्रलाई विशेष प्राथमिकता दिएर ‘एक जिल्ला एक स्वस्थ सहर’, ‘एक स्थानीय तह एक नमूना सहर’, ‘एक विद्यालय एक नर्स’ तथा स्वास्थ्य बिमालगायत कार्यक्रम अघि बढाएको उनले बताए । 

    मुख्यमन्त्री बानियाँले गुणस्तरीय सेवामार्फत स्वस्थ्य प्रदेश बनाउन क्यान्सर, हृदयरोग तथा डायलासिस सेवालाई बिस्तार गरिएको उल्लेख गरे ।  

    प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगरले स्वास्थ्य क्षेत्रमा सुधार गर्न सर्ने र नसर्ने दुवै प्रकृतिका रोग नियन्त्रणका लागि ठोस योजना बनाएर काम भइरहेको बताए । 

    कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाका पालिका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत तथा जनप्रतिनिधिको सहभागिता रहेको स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले जानकारी दिइन्। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij