मुख्यमन्त्री इन्द्रबहादुर बानियाँद्वारा बकैया पुलको शिलान्यास

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँद्वारा बकैया पुलको शिलान्यास

बुधवार, मंसिर १० २०८२
बुधवार, मंसिर १० २०८२
  • मुख्यमन्त्री इन्द्रबहादुर बानियाँद्वारा बकैया पुलको शिलान्यास

    काठमाडौं । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुरको बकैया गाउँपालिका–५ र ६ स्थित कर्मचुली जुइना जोेड्ने पक्की पुलको आज शिलान्यास गरेका छन् । सो पक्की पुल निर्माणका लागि प्रदेश सरकारले रु छ करोड ८९ लाख र ४९ हजार अनुदान रकम उपलब्ध गराएको छ । 

    पुल निर्माण भएपछि त्यस भेगका करिब ८००  घरधुरी र स्थानीय विद्यार्थीलाई सुविधा उपलब्ध हुने स्थानीय बकैया गाउँपालिकाको अध्यक्ष धर्मराज लामिछानेले बताउनुभयो । सो पक्की पुल १२० मिटर लम्बाइको निर्माण हुनेछ । 

    सो अवसरमा बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विपन्न जनताको आवश्यकतालाई ध्यानमा राखेर पूर्वाधार विकासलाई प्रदेश सरकारले उच्च प्राथमिक राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रदेशको विभिन्न योजनामा रु १० लाखभन्दा माथिको बहुवर्षीय योजनालाई अब प्रदेश सरकारले ठेक्का प्रर्णालीबाट निर्माण गर्ने नीति रहेको उल्लेख गरे । 

    त्यस अवसरमा बागमती प्रदेशका भौतिक पूर्वाधार तथा योजनामन्त्री डा दिनेशचन्द्र देवकोटाले आर्थिक, सामाजिक, रुपान्तरका लागि उत्पादनसँग जोडिनुपर्नेमा जोड दिँदै यातायात क्षेत्रको प्रवद्र्धन गर्न प्रदेश सरकारले लागिपरेको बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij