एनपीएल–२ मा विश्वस्तरका सुपरस्टारहरूको जमघट : गप्टिल, डु प्लेसी र ताहिर नेपालमै भिड्न तयारी

एनपीएल–२ मा विश्वस्तरका सुपरस्टारहरूको जमघट : गप्टिल, डु प्लेसी र ताहिर नेपालमै भिड्न तयारी

शनिवार, कार्तिक २९ २०८२
शनिवार, कार्तिक २९ २०८२
  • एनपीएल–२ मा विश्वस्तरका सुपरस्टारहरूको जमघट : गप्टिल, डु प्लेसी र ताहिर नेपालमै भिड्न तयारी

    काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) नजिकिँदै गर्दा ८ फ्रेन्चाइजले विश्व क्रिकेटमा पहिचान बनाएका विदेशी खेलाडी अनुबन्ध गर्दै सिजनलाई रोमाञ्चक बनाएका छन् ।

    सबैभन्दा चर्चित अनुबन्ध विराटनगर किंग्सले गरेको छ । टोलीले न्युजिल्यान्डका मार्टिन गप्टिल, दक्षिण अफ्रिकाका फाफ डु प्लेसी र मर्सन्ट डे लाङ्गा, स्कटल्यान्डका जर्ज मन्जी र अस्ट्रेलियाका साम हाजलेटलाई लिँदै बलियो स्क्वाड बनाएको छ ।

    सुदूरपश्चिमले क्रिस लिन, कर्णालीले म्याक्स ओ’डाउड, चितवनले इंग्ल्यान्डका डाविड मलन र लुम्बिनीले इटलीका थोमस ड्रा तथा अफगानिस्तानका गुलबादिन नैबलाई अनुबन्ध गरेको छ ।

    साविक विजेता जनकपुरले दक्षिण अफ्रिकाका अनुभवी लेग स्पिनर इमरान ताहिर र फास्ट बलर वायन पार्नेललाई टिममा समेटेको छ ।

    विश्वकपदेखि आईपीएलसम्म चम्किएका यी खेलाडीहरूको उपस्थितिले कीर्तिपुरमा हुने खेलप्रति नेपाली क्रिकेट समर्थकको उत्साह झनै बढेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij