दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन पहिलो साता गर्ने सरकारको निर्णय

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन पहिलो साता गर्ने सरकारको निर्णय

सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन पहिलो साता गर्ने सरकारको निर्णय

    काठमाडौं ।  सरकारले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन पहिलो साता आयोजना गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को आजको बैठकले आगामी फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । 

    बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियामावली, २०८२ स्वीकृत गर्ने निर्णय भएको छ । साथै गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा निजामतीतर्फ चार र नेपाल प्रहरीबाट ११ जना कर्मचारी थप्ने निर्णय भएको मन्त्री खरेलले जानकारी दिए ।

    सरकारले यही कात्तिक २६ गतेदेखि २८ गतेसम्म भारतको नयाँदिल्लीमा आयोजना हुने नेपाल–इन्डिया कोअर्डिनेसन बैठकको नवौँ बैठकमा सहभागी हुनका लागि सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल संयोजकत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने, भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने समेत बैठकले निर्णय गरेको मन्त्री खरेलले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij