वीरगन्ज । वीरगन्ज नाकाबाट हुने निर्यात तीन गुणाले वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आवमा निर्यात तीन सय प्रतिशतबढीले बढेको हो ।
प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको प्रथम तीन महिनामा २६ अर्ब ५९ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवमा सोही अवधिमा आठ अर्ब ८४ करोड मूल्य बराबरका वस्तु निर्यात भएका थिए ।
सो अवधिमा १३ अर्ब ९८ करोड मूल्यका ६ करोड ७१ लाख तीन हजार ३०८ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको छ । त्यसैगरी दुई अर्ब सात करोड मूल्य पर्ने दुई करोड १२ लाख ४८ हजार ३८३ लिटर जुस निर्यात भएको छ ।
एक अर्ब ७० करोड मूल्य पर्ने तीन करोड ६८ लाख ४८ हजार ३०८ लिटर सूर्यमुखीको प्रशोधित तेल र ९७ करोड मूल्यका दुई करोड ४९ लाख पाँच हजार १८५ थान कपडा र ६६ करोड मूल्य पर्ने सेन्थेटिक यार्न निर्यात निर्यात भएको वीरगञ्ज भन्सारले जनाएको छ ।