स्टाफ नर्सका हत्या आरोपी झुण्डिएको अवस्थामा मृत फेला

स्टाफ नर्सका हत्या आरोपी झुण्डिएको अवस्थामा मृत फेला

सोमवार, चैत्र ५ २०८०
सोमवार, चैत्र ५ २०८०
  • स्टाफ नर्सका हत्या आरोपी झुण्डिएको अवस्थामा मृत फेला

    काठमाडौं ।  विराटनगरमा भएको स्टाफ नर्सको हत्याका आरोपी युवक झुण्डिएको अवस्थामा मृत भेटिएका छन्। नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारीको शव शुक्रबार दिउँसो उनी बसेकै कोठाको बाथरुममा भेटिएको थियो ।  नर्सको हत्या गरेको कोठा नजिकै रहेको होटल फाइनको कोठा नम्बर १०२ मा झुण्डिएको अवस्थामा शिवशंकर दासको शव भेटिएको हो । 

    सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स दास नोबेल मेडिकल कलेजमा कार्यरत थिइन् । उनी विराटनगर-४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा केही महिनाअघि मात्रै डेरा सरेकी थिइन् । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको अवस्थामा शव भेटिएको थियो ।

    शिवशंकर वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए। उनी मलेसिया गएपछि चन्द्रिका अर्कै युवकसँग प्रेम सम्बन्धमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। विदेशमै रहँदा आफ्नी प्रेमिका अर्कै पुरूषसँग प्रेम सम्बन्धमा रहेको थाहा पाएपछि शिवशंकर फागुन २७ मा नेपाल आएको र २९ गते सोझै विराटनगर आइपुगेको देखिएको प्रहरीले जनाएको छ। 

    शुक्रबार दिउँसो चन्द्रिकाको साथीको ह्वाट्सएप नम्बरमा नयाँ नम्बरबाट चन्द्रिकाको हत्या गरिदिएको भन्दै रगतले लतपतिएको फोटो आयो । दासका साथीले घरबेटीलाई खबर गरे । घरबेटीले प्रहरीलाई खबर गरेका थिए । शुक्रबार दिउँसो १२ बजे घरबेटीले चाबी खोलेर हेर्दा वीभत्स अवस्थामा शव देखेपछि  प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले चन्द्रिकाका अहिलेका प्रेमी युवकलाई खोजेको थियो। तर, अनुसन्धान गर्दै जाँदा पूर्व प्रेमीले हत्या गरेको खुलेको थियो। 

    आइतबार दिउँसो शिवशंकरले घरमा पनि सम्पर्क गरेका थिए । फोनमा उनले फ्रस्टेसन भएको बताएका थिए । उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij