सुनको मूल्य स्थिर,चाँदीको बढ्यो

सुनको मूल्य स्थिर,चाँदीको बढ्यो

बिहिवार, कार्तिक १३ २०८२
बिहिवार, कार्तिक १३ २०८२
  • सुनको मूल्य स्थिर,चाँदीको बढ्यो

    काठमाडौं। नेपाली बजारमा आज(बिहीबार) सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको छ। अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो।

    त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ। आज चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ कायम भएको छ।

    अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij