नेप्सेमा सामान्य गिरावट, ५ अर्ब ४५ करोडको कारोबार

नेप्सेमा सामान्य गिरावट, ५ अर्ब ४५ करोडको कारोबार

बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  • नेप्सेमा सामान्य गिरावट, ५ अर्ब ४५ करोडको कारोबार

    काठमाडौं । पछिल्ला तीन कारोबार दिनदेखि उकालो लाग्दै आएको नेप्से परिसूचक बुधबार सामान्य करेक्सनसहित घटेर बन्द भएको छ। बजार बढेको मौकामा लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि करेक्सन देखिएको हो।

    बुधबार नेप्से परिसूचक ५.१७ अंक घटेर २,५६६.१६ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स १.५६ अंकले कम भएको छ भने फ्लोट इन्डेक्स ०.५७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४६ अंकले ओरालो लागेको छ। यसदिन सूचक घटेपनि कारोबार रकम भने बढेको छ।

    आज ३२१ स्टकको ५० हजार ४८७ पटकको कारोबारमार्फत ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख १ हजार कित्ता शेयर कारोबार भएको छ। यसअघि मंगलबार भने ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएके थियो।

    यस दिन दुई स्टक सकारात्मक सर्किट लेभलमा पुगेका छन्। यस्तै, मानुषी लघुवित्तको शेयर मूल्य करिब १० प्रतिशत बढ्दा हिमालयन पावर पार्टनर ८ प्रतिशतभन्दा बढीले उक्लिएको छ। यता, ज्योति विकास बैंक बण्ड २०८७ भने ५.६६ प्रतिशतले घट्दै सर्वाधिक मूल्य घट्ने स्टकमध्ये रहेको छ।

    १३ उपसमूहमध्ये बुधबार ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूह घटेका छन्। होटल तथा पर्यटन उपसमूह २.१५ प्रतिशत वृद्धि गर्दै अगाडि छ भने व्यापार उपसमूह पनि २ प्रतिशत उक्लिएको छ। अन्य उपसमूह भने १.२० प्रतिशत घट्दै क्रमशः कमजोर प्रदर्शनमा देखिए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij