३ महिनामा १९ प्रतिशतले बढ्यो आयात, निर्यात कति ?

३ महिनामा १९ प्रतिशतले बढ्यो आयात, निर्यात कति ?

आइतवार, कार्तिक ९ २०८२
आइतवार, कार्तिक ९ २०८२
  • ३ महिनामा १९ प्रतिशतले बढ्यो आयात, निर्यात कति ?

    काठमाडौं– चालु आर्थिक वर्षको पहिलो ३ महिनामा अघिल्लो आर्थिक वर्षका सोही अवधिको तुलनामा १९.७९ प्रतिशतले आयात बढेको छ । 

    भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार असोज मसान्तसम्म ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख २१ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको हो । जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म ३ खर्ब ९० करोड ७५ लाख २३ लाख २१ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।


    त्यस्तै, समीक्षा अवधिमा नेपालबाट ७२ अर्ब ७८ करोड २८ लाख ५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन निर्यात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.६४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको असोज मसान्तसम्म नेपालबाट ३८ अर्ब ३७ लाख ८७ लाख १७ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

    चालु आर्थिक वर्षको ३ महिनामा आयात निर्यात दुवै बढ्दा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापार २६.०४ प्रतिशतले बढेको छ भने व्यापार घाटा १२.१८ प्रतिशतले बढ्न पुगेको छ ।


    चालु आर्थिक वर्षको ३ महिनामा सबैभन्दा धेरै आयात सोयाबिन तेल र त्यसको कच्चा पदार्थको ३० अर्ब २४ करोड ८७ लाख १२ हजार रुपैयाँको भएको छ भने दोस्रो धेरै आयात हुने वस्तुमा डिजेल रहेको छ ।

    त्यस्तै, समीक्षा अवधिमा नेपालबाट सबैभन्दा धेरै ३० अर्ब ६९ करोड ७८ लाख ३५ हजार रुपैयाँ बराबरको सोयाबिन तेल र सो सँग सम्बन्धित कच्चापदार्थको निर्यात भएको भन्सार विभागले जनाएको छ । समीक्षा अवधिमा कार्पेट, टेक्सटाइल २ अर्ब ५७ करोड ५४ लाख ७ हजार रुपैयाँ बराबरको भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij