आइसीसी विश्वकप लिग–२ : आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै नेपाल

आइसीसी विश्वकप लिग–२ : आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै नेपाल

आइतवार, कार्तिक ९ २०८२
आइतवार, कार्तिक ९ २०८२
  • आइसीसी विश्वकप लिग–२ : आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै नेपाल

    काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाका अन्तर्गत आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । 

    यूएई शृङ्खलाका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टिम यूएई पुगेको छ। क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल‌ आलमलाई  हङकङ सिक्सेस टिममा पठाएर विश्वकप लिग–२ खेल्ने  टिममा भीम सार्की, शाहब आलम र अनिल साहलाई स्थान दिएको छ।

    लिग–२ अन्तर्गत युएई र अमेरिकासँग शृङ्खला कात्तिक ९ देखि १९ गतेसम्म युएईमा हुँदैछ।  

    नेपालले पहिलो खेल कात्तिक ९ गते आइतबार बिहान ११ः१५ बजे अमेरिकासँग खेल्दैछ । दोस्रो खेलमा कात्तिक १३ गते बिहीबार युएईसँग प्रतिस्पर्धा गर्ने छ। शृङ्खलाको अर्को खेल कात्तिक १५ गते शनिबार अमेरिकासँग खेल्ने नेपालले शृङ्खलाको अन्तिम खेलमा कात्तिक १९ गते बुधबार युएईसँग प्रतिस्पर्धा गर्ने छ। 

    विश्वकप लिग–२ मा १२ खेल खेलेको नेपालले १६ अङ्क जोडेको छ। समान खेल खेलेको युएईले ६ अङ्क मात्र जोडेको छ। तालिकामा नेपाल सातौं स्थानमा छ भने युएई आठौं स्थानमा छ। 

    २० खेल खेलिसकेको अमेरिका २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij