नेपालले जित्यो विश्वकप छनोटको उपाधि, प्रत्येक खेलाडीले १९ लाख ५० हजार पाउने

नेपालले जित्यो विश्वकप छनोटको उपाधि, प्रत्येक खेलाडीले १९ लाख ५० हजार पाउने

शुक्रवार, आश्विन ३१ २०८२
शुक्रवार, आश्विन ३१ २०८२
  • नेपालले जित्यो विश्वकप छनोटको उपाधि, प्रत्येक खेलाडीले १९ लाख ५० हजार पाउने

    काठमाडौं ।  नेपालले सामोआलाई हराउँदै आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । छनोट खेलमा नेपाल अपराजित रह्यो ।

    ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा आज भएको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपाल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो ।

    नेपालले जितको लागि दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको सामोआ निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८७ रनमा समेटियो । उसका लागि सिन सोलियाले सर्वाधिक ४० रन बनाए ।

    नेपालका लागि ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय ११ रनको योगफल बनाएको थियो ।

    नेपालको लागि आसिफ शेखले सर्वाधिक ६९ रनको योगदान दिए । उनले ४१ बलमा सात चौका र चार छक्का प्रहार गर्दै ६९ रनको योगदान दिएका हुन् । त्यसैगरी नेपालका अर्का खेलाडी दीपेन्द्रसिंह ऐरीले ५३ रन बनाए । उनले ३३ बलमा दुई चौका र चार छक्काको मद्दतमा ५३ रन जोडेका हुन् । लोकेश बमले ३९ रन जोड्दा कप्तान रोहित पौडेलले अविजित २१ रन बनाए । कुशल भुर्तेलले १७ रन जोडेर आउट भए । 

    यता सामाओका लागि ड्यानियल बर्गेस, सौमानी टाई, ड्यारियस भिसर, नुह मिडले समान एक–एक विकेट लिए । यसअघि नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो ।

    त्यसैगरी नेपालले सुपर सिक्सको पहिलो खेलमै युएईमाथि एक रनको रोमाञ्चक जित निकालेको थियोभने दोस्रो खेलमा कतारविरुद्ध पाँच रनको जित निकालेको थियो । तेस्रो खेलमा नेपालले ओमानलाई ३८ रनले हराएको थियो ।

    आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेका प्रत्येक खेलाडीले १९ लाख ५० हजार पाउने भएका छन् । सरकारले विश्वकपमा छनोट हुने र छनोट प्रतियोगितामा च्याम्पियन हुने टोलीलाई यसअघि नै पुरस्कार दिने घोषणा गरिसकेको थियो । 

     
    यस छनोट प्रतियोगिताबाट नेपाल, युएई र ओमानले आगामी वर्ष भारत र श्रीलङ्कामा संयुक्त रूपमा हुने टी–२० विश्वकपको टिकट काटिसकेका छन् । विश्वकप आगामी माग २७ देखि फागुन २४ गतेसम्म हुँदैछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij