१८.४० अंकले घट्यो नेप्से, ३ अर्ब २७ करोडको कारोबार

१८.४० अंकले घट्यो नेप्से, ३ अर्ब २७ करोडको कारोबार

बिहिवार, आश्विन ३० २०८२
बिहिवार, आश्विन ३० २०८२
  • १८.४० अंकले घट्यो नेप्से, ३ अर्ब २७ करोडको कारोबार

    काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सातामा सेयर कारोबारको अन्तिम दिन नेप्से १८.४० अंकले घटेको छ ।

    आज ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से घटेर २४८७.१७ विन्दुमा पुगेको हो ।

    आज नेप्सेमा भएको सेयर कारोबारमा १९७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ४५ वटा कम्पनीको सेयर मूल्य बढ्यो । तर, आज ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

    आज नेप्से घट्दा बैंकिङ र म्यूचुअल फन्ड बाहेक सबै समूहको सूचक घटेको छ । आजको सेयर कारोबारमा हिमालयन पावर पार्टनरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने समाज लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij