काठमाडौं । आईसीसी टी(२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ ।
यस जितसँगै नेपालले लगातार दोस्रोपटक विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ। नेपाल र यूएई दुबैका लागि यो खेल निर्णायक थियो। जित्ने टोली विश्वकपनजिक पुग्ने सम्भावना बढ्ने स्थिति थियो।
आइतबार ओमानको अल एमिरेट क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो।
नेपालले यसअघि समूह चरणमा जापानलाई पराजित गर्दै दुई अंक हासिल गरेको थियो। यो जितपछि सुपर सिक्समा नेपालको कुल अंक चार पुगेको छ। त्यस्तै, कतारलाई ३४ रनले हराउँदै ओमानले पनि चार अंकसहित शीर्ष स्थानमा स्थान बनाएको छ । समान अंक भए पनि नेपाल नेट रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ। यूएई भने दुई अंकसहित तेस्रो स्थानमा रहेको छ।
सुरुवाती १० ओभरमा १ विकेटको क्षतिमा ७३ रन बनाएको भएपनि त्यसपछि रनगति सुस्त हुँदा नेपालले स्कोरलाई डबल पनि गर्न सकेन ।
यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले १(१ विकेट लिए ।