कांग्रेस नेत्री कर्णको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त

कांग्रेस नेत्री कर्णको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त

शनिवार, आश्विन २५ २०८२
शनिवार, आश्विन २५ २०८२
  • कांग्रेस नेत्री कर्णको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त

    काठमाडौं ।  नेपाली कांग्रेसकी नेत्री राधादेवी कर्णको निधन भएको छ । कांग्रेस पूर्वमहामत्री स्वर्गीय महेन्द्रनारायण निधिकी जेठी सन्तानसमेत रहनुभएकी कर्णको यही असोज २४ गते निधन भएको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक शोक विज्ञप्ति जारी गरी ८१ वर्षीया कर्णको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । 

    विसं २०४६ को जनआन्दोलनमा पिता महेन्द्रनारायण निधि जलेश्वरको जेलमा र कान्छो भाइ एवं पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधि भूमिगत रहँदादेखि नै उनी अन्दोलनमा सहभागी एका थिए । उनको निधनबाट नेपाली कांग्रेसले एक निडर, अनुभवी र अग्रज व्यक्तित्वलाई गुमाएको बताएको छ ।

    कर्णको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्द। सभापति देउवाले स्व कर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत  तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij