राष्ट्र बैंकले खारेज गर्‍यो दुई मनिचेञ्जरको लाइसेन्स, कुन-कुन परे ?

राष्ट्र बैंकले खारेज गर्‍यो दुई मनिचेञ्जरको लाइसेन्स, कुन-कुन परे ?

बिहिवार, आश्विन २३ २०८२
बिहिवार, आश्विन २३ २०८२
  • राष्ट्र बैंकले खारेज गर्‍यो दुई मनिचेञ्जरको लाइसेन्स, कुन-कुन परे ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले दुईवटा मनिचेञ्जरको इजाजतपत्र (लाइसेन्स) रद्द गरेको छ। तोकिएको समयमा लाइसेन्स नवीकरण नगरेकाहरूले उनीहरूको इजाजतपत्र रद्द गरिएको बैंकले जनाएको छ।

    रद्द गरिएका मनिचेञ्जरहरूमा काठमाडौँ महानगर–२६ स्थित युनियन करेन्सी एक्सचेन्ज प्रालि र ठमेल स्थित केटीएम ओम मनि एक्सचेन्ज प्रालि रहेका छन् । 

    मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण नियमावली, २०७९ (चौथो संशोधन सहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा (म्याद समाप्त भएको मितिले तीन महिनाभित्र) नवीकरण गर्न नसकेकोले इजाजतपत्र रद्द गर्ने निर्णय भएको सूचनामा उल्लेख छ । 

    moneychange.png

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij