दशैंमा काठमाडौँ उपत्यकामा १ अर्ब ३० करोडको खसी बोका बिक्री

दशैंमा काठमाडौँ उपत्यकामा १ अर्ब ३० करोडको खसी बोका बिक्री

मंगलवार, आश्विन २१ २०८२
मंगलवार, आश्विन २१ २०८२
  • दशैंमा काठमाडौँ उपत्यकामा १ अर्ब ३० करोडको खसी बोका बिक्री

    काठमाडौँ । यसपालि दसैँमा काठमाडौँ उपत्यकामा १ अर्ब ३० करोड रुपैयाँ बराबरको खसी बोका बिक्री भएका छन् ।

    दसैँको एक सातामा नेपाल व्यावसायिक बाख्रापालक महासंघले ४५ हजार संख्यामा खसी बोका बिक्री गरेको जानकारी दिएको छ ।

    महासंघ अध्यक्ष गोविन्द सुवेदीले ५० हजार संख्यामा बिक्री लक्ष्य राखे पनि केही कम बिक्री भएको बताएका छन् ।

    ‘गत वर्ष दसैँमा ५० हजार खसी बोका बिक्री भएको थियो, तर यसपालि गत वर्षको तुलनामा खसी बोका खपत अलि कम भयो,’ उनले भने ।

    यस वर्ष सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँमा खसी बोका र च्यांग्रा बिक्री गरेन । मुख्य सडक खण्डहरू अवरुद्ध हुनु र देशमा देखिएको राजनीतिक अस्थिरता (जेनजी आन्दोलन) कारण देखाउँदै कम्पनीले यस्तो निर्णय गरेको थियो ।

    यसअघि कम्पनीले दसैँका लागि करिब ४ करोड ७७ लाख रुपैयाँ बराबरका १ हजार ३ सय बढी खसी बोका र च्यांग्रा खरिद गर्ने तयारी गरेको थियो ।

    खाद्य कम्पनीले खसी बोका नबेच्ने निर्णय गरेपछि निजी व्यवसायीले बिक्री गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij