टी–२० विश्वकपका निम्ति खेलाडी छनोट, यस्ताे छ १५ सदस्यीय टोली

टी–२० विश्वकपका निम्ति खेलाडी छनोट, यस्ताे छ १५ सदस्यीय टोली

शुक्रवार, आश्विन १७ २०८२
शुक्रवार, आश्विन १७ २०८२
  • टी–२० विश्वकपका निम्ति खेलाडी छनोट, यस्ताे छ १५ सदस्यीय टोली

    काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को आयोजनामा आगामी बुधबारदेखि ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । 

    संयुक्त अरब इमिरेट्स (युएई) मा वेस्ट इन्डिजविरुद्धको तीन शृङ्खला खेल्न गएको १६ सदस्यीय टोलीका सदस्यमध्ये साहब आलम भने टोलीबाट बाहिरिएका क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । 

    त्यसैगरी, टोलीमा सन्दीप लामिछानेलाई पनि समावेश गरिएको छ । यसअघि उनले वेस्ट इन्डिजसँगको सिरिजको पहिलो खेल सुरु हुनु करिब ४५ मिनेट अगाडि मैदानमा उत्रन अस्वीकार गरेका थिए ।  क्यानले उनलाई कारबाहीस्वरुप वेस्ट इन्डिजविरुद्धको अन्तिम दुई खेलमा निलम्बन गरेको थियो । 

    छनोट खेलका निम्ति चयन भएका अन्य खेलाडीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंहऐरीसहित सन्दीप जोरा, सन्दीप लामिछाने, कुशल भूर्तेल, लोकेस बम, कुशल मल्ल र आसिफ शेख छन् ।

    त्यसैगरी आदिल आलम, करण केसी, नन्दन यादव, आरिफ शेख, ललित नारायण राजवंशी, गुलशन झा तथा सोमपाल कामीलाई टोलीमा समेटिएको छ । प्रतियोगितामा भाग लिन उक्त टोली ओमान पुगिसकेको क्यानले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij