रूस र युक्रेनद्वारा १८५ जना युद्धबन्दीहरू साटासाट

रूस र युक्रेनद्वारा १८५ जना युद्धबन्दीहरू साटासाट

शुक्रवार, आश्विन १७ २०८२
शुक्रवार, आश्विन १७ २०८२
  • रूस र युक्रेनद्वारा १८५ जना युद्धबन्दीहरू साटासाट

    काठमाडाैं । रुस र युक्रेनले बिहीबार १८५ युद्धबन्दीहरू साटासाट गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ ।  द्वन्द्व अन्त्य गर्ने सन्दर्भमा    प्रगति नभएको भए पनि जारी रहेको विनिमयको श्रृंखलामा यो पछिल्लो हो ।

    रक्षा मन्त्रालयले टेलिग्राममा युक्रेनले “१८५ रूसी सैनिकहरू फिर्ता गरेको“ बताएको छ, क्रमममा २० जना सर्वसाधारणलाई पनि रिहा गरिएको जनाइएको छ ।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रिहा गरिएका युक्रेनीहरूको तस्वीरहरू सामाजिक सञ्जालमा पोस्ट गर्दै,  आदान प्रदानको पुष्टि गर्नु भएको छ । उनीहरूलाई आवश्यक पर्ने सबै सहयोग प्राप्त गर्ने वातावरण तयार भएको जेलेन्स्कीले बताएका छन् । 

    आक्रमण सुरु भएदेखि नै हामीले हाम्रा सात हजार भन्दा बढी मानिसहरूलाई घर फर्काएका छौँ“, उनले भने  । 

    गत मे र जुलाईको बीचमा इस्तानबुलमा रूसी र युक्रेनी प्रतिनिधिमण्डलहरू बिच तीन चरणको शान्ति वार्ताको परिणाम स्वरुप ठूलो मात्रामा कैदी आदानप्रदान गरेको जनाइएको ।

    दुवै पक्षले युद्धको बिचमा युक्रेन र रूसबिचको सहयोगका क्षेत्रका  रूपमा मारिएका सैनिकहरूको स्वदेश फिर्तीका धेरै चरणहरू पनि सञ्चालन गरेका छन् ।

    सन् २०२२ मा रुसले आक्रमण सुरु गरेदेखि दुवै पक्षका दशौँ हजार सैनिक मारिएका छन्, यद्यपि दुवै पक्षले नियमित रूपमा आफ्नो हताहतको तथ्याङ्क भने सार्वजनिक गरेका छैनन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij