भारतबाट बढेर आएपनि नेपालमा बढाइएन पेट्रालियम पदार्थको मूल्य

भारतबाट बढेर आएपनि नेपालमा बढाइएन पेट्रालियम पदार्थको मूल्य

मंगलवार, आश्विन १४ २०८२
मंगलवार, आश्विन १४ २०८२
  • भारतबाट बढेर आएपनि नेपालमा बढाइएन पेट्रालियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।

    ईण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपनि नेपालमा भने मूल्य यथावत राखिएको हो ।

    भारतबाट पेट्रोलमा प्रतिलिटर  २४ पैसा डिजेलमा २ रुपैयाँ ३५ पैसा  र मट्टितेलमा २ रुपैयाँ ३९ पैसा बढेर आएको छ ।

    निगमले प्रकाशन गरेको विज्ञप्तिमा आसन्न चाडपर्वको अवसर एवम् मुलुकको हालको विशेष परिस्थितिमा पेट्रोलियम पदार्थ तथा ग्याँसको मूल्य वृद्धि नगरीएको जनाइएको छ । 

    निगमका अनुसार, हाल पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ कायम गरिएको छ ।

    त्यस्तै, डिजेल तथा मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १४२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको प्रतिलिटर १४४ रुपैयाँ र तेस्रो वर्गको १४५ रुपैयाँ कायम गरिएको छ ।

    c6982db7-1bce-44a0-b689-e042b789fcde.jpeg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij