दसैँ बिदामा पनि श्रम स्वीकृति जारी गरिने

दसैँ बिदामा पनि श्रम स्वीकृति जारी गरिने

मंगलवार, आश्विन १४ २०८२
मंगलवार, आश्विन १४ २०८२
  • दसैँ बिदामा पनि श्रम स्वीकृति जारी गरिने

    काठमाडौँ। वैदेशिक रोजगार विभागले दसैँको बिदामा समेत श्रम स्वीकृति जारी गर्ने भएको छ । त्यसका लागि डेडिकेटेड कर्मचारीहरूको व्यवस्थापन गरिएको विभागले जनाएको छ । 

    दसैँको बिदामा श्रम स्वीकृति जारी गर्नका लागि एक जना उपसचिवसहित सात जना कर्मचारीलाई राखिएको विभागको भनाइ छ । दसैँ बिदामा श्रम स्वीकृति जारी गर्नै पर्नेको हकमा ती कर्मचारीले श्रम स्वीकृति दिनेछन् ।

     

    वैदेशिक रोजगारीका लागि भिसा आइसकेर टिकट समेत काटिसकेकाहरूलाई दसैँ बिदामा समेत श्रम स्वीकृति जारी गर्नुपर्ने अवस्था आउने गरेका छन् । उनीहरूलाई श्रम स्वीकृतिमा समस्या नहोस् भनेर कर्मचारी व्यवस्थापन गरिएको  छ ।

    श्रम स्वीकृतिका लागि अनलाइनमार्फत आवेदन दिनुपर्ने व्यवस्था छ । सोही अनुसार आवश्यक कागजातसहित पेश गरिएको आवेदनको हकमा श्रम स्वीकृति जारी हुने गरेको छ । चाहिने कागजात पेश नगरिएको खण्डमा आवेदन अस्वीकृत हुन्छ भने के कारणले अस्वीकृत भएको हो त्यसको जानकारी समेत दिने गरिएको छ ।

    संयुक्त अरब इमिरेट्स (युएई) ले हाल भिजिट भिसामा रोक लगाएको छ भने वर्किङ भिसामा समेत कडाइ गरेको छ । मलेसिया लगायतका अन्य मुलुकहरूले समेत वर्किङ भिसामा कडाइ गर्दै आएका छन् ।

    गत भदौ २३ र २४ गते नेपालमा चलेको जेनजी आन्दोलनपछि कैदी बन्दीहरू भागेको कारण देखाउँदै ती देशहरूले कडाइ गरेका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij