सुनमाया बनिन् विश्व ‘ट्रेल रन’की उपविजेता

सुनमाया बनिन् विश्व ‘ट्रेल रन’की उपविजेता

आइतवार, आश्विन १२ २०८२
आइतवार, आश्विन १२ २०८२
  • सुनमाया बनिन् विश्व ‘ट्रेल रन’की उपविजेता

    काठमाडौं ।  विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा सुनमाया बुढाले दोस्रो स्थान हासिल गरेकी छन् । स्पेनको क्यान फ्रान्कमा भएको प्रतियोगितामा सुनमायाले ८१ किलोमिटरको लामो दूरीको ट्रेल रनमा दोस्रो स्थान हात पारेकी हुन् ।

    बुढाले निर्धारित दूरी १० घण्टा २३ मिनेट ०३ सेकेन्डमा पूरा गरिन् । सुनमाया पहिलो स्थान हात पारेकी अमेरिकी खेलाडी केटी शिम्टभन्दा २६ मिनेटले पछि परिन् ।

    तेस्रो संस्करणको यस प्रतियोगितामा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । विश्व माउन्टेन रनिङ एसोसिएसनले आयोजना गरेको प्रतियोगितामा पहिलोपटक विश्व एथ्लेटिक्स र इन्टरनेसनल एसोसिएसन अफ अल्ट्रा रनर्स मिलेर सहकार्य गरेका थिए ।

    प्रतियोगितामा ८० देशका एक हजार ७०० खेलाडी सहभागी थिए । यो हालसम्मकै सबैभन्दा ठूलो सहभागिता भएको बताइएको छ ।

    नेपाल एडभेन्चर रनिङ फेडेरेसनले नेपालबाट सुनमायासहित सुमन कुलुङ, साङ्गे शेर्पा र मनकुमार रोकालाई प्रतियोगितामा सहभागी गराएको थियो । ८२ किलोमिटर लामो ट्रेलमा सुमन ३२औँ स्थानमा र मनकुमारले ३६औँ स्थानमा रहँदै दूरी पार गरेका छन् ।

    सङ्घका अध्यक्ष एकेन्द्र कुँवरले नेपालले प्राप्त गरेको सफलता व्यक्तिगत मात्र नभएर नेपाली ट्रेल रनिङको विश्वस्तरीय उपस्थिति र सम्भावनालाई उजागर गरेको बताएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij