‘टिकटक’ बनाउने क्रममा कालीगण्डकीमा एक जना बेपत्ता

‘टिकटक’ बनाउने क्रममा कालीगण्डकीमा एक जना बेपत्ता

आइतवार, आश्विन १२ २०८२
आइतवार, आश्विन १२ २०८२
  • ‘टिकटक’ बनाउने क्रममा कालीगण्डकीमा एक जना बेपत्ता

    म्याग्दी ।  बेनी नगरपालिका-८ कालीपुलमा टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खस्दा एक जना बेपत्ता भएका छन् । कालीकोटको शुभकालिका गाउँपालिका-८ का अन्दाजी २२ वर्षीय सदान्द पोखरेल टिकटक बनाउने क्रममा कालीगण्डकीले बगाएर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

    कालीपुल बसपार्कको गण्डकी होटल एण्ड रेष्टुरेष्टको पछाडि कालीगण्डकीको किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर नदीमा बेपत्ता भएका पोखरेलको खोजी जारी रहेको प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए । 

    पोखरेल म्याग्दीको रघुगङ्गा गाउँपालिका(७ मा रहेको ठूलोखोला जलविद्युत् आयोजनामा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुर्यबहादुर थापाको टोलीसहित सुरक्षाकर्मी परिचालन गरी बेपत्ता पोखरेलको खोजी भइरहेको उनले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij