सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको २ लाख २३ हजार पुग्यो

सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको २ लाख २३ हजार पुग्यो

बुधवार, आश्विन ८ २०८२
बुधवार, आश्विन ८ २०८२
  • सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको २ लाख २३ हजार पुग्यो

    काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको १३ सयले बढेर तोलाको २ लाख २३ हजारमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यस अघि मंगलबार सुन तोलाको २ लाख २१ हजार ७ सयमा कारोबार भएको थियो । 


    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर २७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २६८० मा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij