जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई हवाइ इन्धन डिपोको सहयोग

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई हवाइ इन्धन डिपोको सहयोग

शुक्रवार, आश्विन ३ २०८२
शुक्रवार, आश्विन ३ २०८२
  • जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई हवाइ इन्धन डिपोको सहयोग

    काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका क्रममा शहीद भएका पाँच जना र घाइते भएका आधा दर्जनभन्दा बढीलाई नेपाल आयल निगम हवाइ इन्धन डिपो, सिनामंगलका कर्मचारीहरूले सहयोग हस्तान्तरण गरेका छन् ।

    550440437_602391982842408_8711016609632804860_n.jpg

    डिपोका प्रमुख प्रदीप कुमार यादव, उपनिर्देशक रामहरि निरौला, लेखाप्रमुख प्रवेश पाठकलगायत सम्पूर्ण कर्मचारीले “आफ्नो हिस्साबाट” अभियान चलाएर संकलन गरेको रकममार्फत शहीद परिवारलाई १ लाख २० हजार ५५० रुपैयाँ र घाइतेहरूलाई ९० हजार रुपैयाँ सहयोग गरिएको हो ।

    शहीद परिवारलाई सहयोग विवरण :

    • सुभाष बोहोरा – रु. २५,०००

    • ओजन बुढा – रु. २५,०००

    • दिपेश सुनुवार – रु. २५,०००

    • महेश बुढाथोकी – रु. ३०,०००

    • अभिषेक चौलागाई – रु. १५,५५०

    घाइतेलाई सहयोग (प्रत्येकलाई रु. १५,०००) :

    • सुभाष अर्याल (गुल्मी)

    • ऋषिकेश यादव (कैलाली)

    • रोशन रेग्मी (गोरखा)

    • जगदिश परियार (रुकुम पश्चिम)

    • दिपेश नेपाली (नुवाकोट)

    • कुमार दाहाल (काभ्रेपलान्चोक)

    सहयोग हस्तान्तरण शहीद परिवारको घरमा पुगेर तथा उपचाररत घाइतेको स्थानमा पुगेको टोलीमार्फत गरिएको थियो । कार्यक्रममा वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले विशेष समन्वय गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij