अब इन्टरनेसनल कार्ड नेटवर्कबाट पनि राजस्व भुक्तानी गर्न सकिने

अब इन्टरनेसनल कार्ड नेटवर्कबाट पनि राजस्व भुक्तानी गर्न सकिने

बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • अब इन्टरनेसनल कार्ड नेटवर्कबाट पनि राजस्व भुक्तानी गर्न सकिने

    काठमाडौँ -नेपालमा अब इन्टरनेसनल कार्ड नेटवर्कबाट पनि राजस्व भुक्तानी गर्न सकिने भएको छ ।

    अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) मा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली अन्तर आबद्धता सुरु गरेको छ ।

    अर्थमन्त्री रामेश्वर खनाल र मुख्यसचिव एकनारायण अर्यालले यसको सुरुवात गरेका हुन् ।

    यसबाट विदेशमा रहेका करदाता र नेपाल आउने पर्यटक लाभान्वित हुने अर्थ मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार इन्टरनेसल कार्ड नेटवर्कको अन्तर आबद्धताबाट सेवा प्रवाह पेपरलेस, फेसलेस बनेको छ ।

    सेवा २४ सै घण्टा उपलब्ध हुने भएको छ । राजस्व संकलन द्रुत, पारदर्शी, अन्तर्राष्ट्रिय पहुँचयुक्त र सेवाग्राहीमैत्री हुने समेत अर्थको तर्क छ ।

    यसबाट नेपालमा डिजिटल इकोनोमीको प्रवर्द्धन हुने समेत अर्थले जनाएको छ ।

    महालेखा नियन्त्रक कार्यालयका अनुसार यो भुक्तानी प्रणालीबाट मास्टर कार्ड, भिसा कार्ड, अलि पे लगायत अन्तर्राष्ट्रिय कार्ड नेटवर्कमार्फत नेपालको अध्यागमन विभागले तोकेको सेवा प्राप्त हुने छ ।

    यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहितका प्रवेश विन्दुबाट नेपाल प्रवेश गर्ने पर्यटक लाभान्वित हुने छन् ।

    यो सेवा अहिले अध्यागमन विभाग र अन्तर्गतका निकायबाट प्रवाह हुने अध्यागमन राजस्व भुक्तानीमा सुरु गरिएको छ ।

    आगामी दिनमा यसलाई नेपाल सरकारका अन्य निकायमा समेत बिस्तार गरिने भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij