आजदेखि मनकामना केबलकार सञ्चालन

आजदेखि मनकामना केबलकार सञ्चालन

बुधवार, आश्विन १ २०८२
बुधवार, आश्विन १ २०८२
  • आजदेखि मनकामना केबलकार सञ्चालन

    मुग्लिन– मनकामना केबलकारले आजदेखि नियमित रूपमा सेवा सञ्चालन गरेको छ । केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार गत भदौ २३ र २४ गते भएको जेन-जीको प्रदर्शनपछि २५ गतेदेखि बन्द गरिएको सेवा एक सातापछि सञ्चालनमा आएको हो ।

    सेवा बन्दको अवधिमा केबलकारको नियमित मर्म सम्भारको काम भएको उनले बताए। गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनास्थित मनकामनामाईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।


    यस केबलकारको प्रवेशद्वार (बटम स्टेशन)  भने चितवनको इच्छाकामना–४ स्थित चेरेसमा पर्दछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij