हेटौँडामा नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते

हेटौँडामा नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते

मंगलवार, भाद्र ३१ २०८२
मंगलवार, भाद्र ३१ २०८२
  • हेटौँडामा नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते

    बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाईमा नेपाली सेना सवार ट्रक दुर्घटना हुुँदा १६ जना घाइते भएका छन् । 

    नम्बर २ राजदल गण तनहुँबाट उपसेनानी हर्षविक्रम अधिकारीको कमाण्डमा धनुषातर्फ जाँदै गरेको लु१ग २८० नं को ट्रक चुरियामाईस्थित पुलबाट १२ फिट तल खोल्सामा खस्दा १६ जना घाइते भएका हुन् । 

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले घाइतेको उद्धार गरी उपचारका  लागि हेटौँडा अस्पतालमा भर्ना गरिएको जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij